२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

shivam cement
मध्यान्ह
२०८१ भदौ ३० गते १०:४३
कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

ललितपुर : शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारी साधन सञ्चालन भएका छन् । आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल  सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डे बताए । 

ADV

सम्बन्धित खबर

Advertise