२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते ११:०५
इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा बराल निर्वाचित

काठमाडौँ : नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन् ।  निकटम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै बराल विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत पाउँदा उनलाई पछ्याएका पाण्डेले २ हजार ८१० मत पाए ।

उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय निर्वाचित भएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise