२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

त्रिशुलीमा खसेको ट्रक चालकको मोबाइल स्विचअफ, घटना शंकास्पद

shivam cement
मध्यान्ह
२०८१ भदौ ३० गते ११:४५
त्रिशुलीमा खसेको ट्रक चालकको मोबाइल स्विचअफ, घटना शंकास्पद

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहिन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ । घटनास्थल पुगेर फर्कदैं गरेका रिजालले भने, “चालक सम्पर्कमा छैन, घटना शंकास्पद देखिएको छ ।” दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहिन भएको हुनसक्ने उनको भनाइ छ ।

यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य भइरहेको उनी बताउछन् । ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो । 

ट्रकमा दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको थियो । ट्रक आज बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशुली किनारमा खसेको हो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise