२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एनआरएनए विवाद : आरके शर्माको रिट न्यायाधीश ढकालको इजलासमा 

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते १२:१०
एनआरएनए विवाद : आरके शर्माको रिट न्यायाधीश ढकालको इजलासमा 

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकता विवादसम्बन्धी रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको छ ।

गैरआवासीय नेपाली संघको आधिकारिक पक्ष आफू भएको दाबी गर्दै राजेन्द्रकुमार (आरके) शर्मा पक्षले दायर गरेको रिट ढकालको इजलासको चौथो नम्बरमा परेको हो ।

शर्मा पक्षले आफू आधिकारिक भएको भन्दै यही भदौ २६ गते रिट दर्ता गराएको थियो । उक्त रिटको पेसी यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएकामा ‘हेर्न नमिल्ने’ भएर स्थगित भएको थियो ।

एनआरएनको विवादमा सर्वोच्चले यसअघि दुई फैसला सुनाएको थियो । उक्त फैसलाले आफूलाई मर्का परेको भन्दै अरके पक्षले अर्को रिट दायर गरेको हो । शर्मा पक्षले सर्वोच्चको पछिल्लो फैसलाले वैधानिक प्रश्न उठाएको उल्लेख गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise