२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न न्यायालय प्रयासरत’

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते १८:५२
‘न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न न्यायालय प्रयासरत’

सङ्खुवासभा : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायलयले आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको बताएका छन् । सङ्खुवासभाको चैनपुरमा आज जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायालयको अवधारणाअनुसार अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश श्रेष्ठले समयमै न्याय प्रदान गर्नतर्फ ध्यान दिन आग्रह गरे । न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको उनको भनाइ थियो । संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन् हुन नदिने प्रधानन्यायाधीश श्रेष्ठले उल्लेख गरे । 

नवनिर्मित जिल्ला अदालतको भवनमा २७ कोठा रहेका छन् । उक्त भवन निर्माण गर्न २०७१ जेठमा सम्झौता भएको थियो । रु चार करोड ६१ लाखको लागतमा सो भवन निर्माण गरिएको जिल्ला न्यायाधीश ध्रुवराज त्रिपाठीले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise