२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते १९:१७
संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं : सरकारले संघीय संसदको वर्षे अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालु रहेका दुवै अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकार प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस भएको जानकारी दिए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

संघीय संसदको चालु अधिवेशन गत वैशाख २८ गते शुरु भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise