२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

४० सहसचिवको सरुवा (सूचीसहित)

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते १९:२४
४० सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले एकैपटक ४० जना सहसचिवको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनसहित विभिन्न सेवाका प्राविधिक सहसचिवहरुको सरुवा गरेको हो ।

जसअनुसार यातायात व्यवस्था विभागसहित विभिन्न ३ विभागका महानिर्देशक फेरिएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा कामकाजमा खटाएको हो । रिजाल ७ महिना अघि महानिर्देशकको जिम्मेवारीमा आएका थिए ।

यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको पनि सरुवा गरेको छ । परियार काठमाडौं महानगरपालिकाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । गत माघमा काठमाडौं महानगरपालिकामा गएका उनी एक वर्ष पनि पूरा नहुँदै सरुवा भएका हुन् । काठमाडौं महानगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरोजप्रसाद गुरागाईं सरुवा भएर आएका छन् ।


ADVADV

सम्बन्धित खबर

Advertise