२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

बर्दियामा रगत अभाव पूर्ति गर्न रक्तदान

Nada
२०८१ भदौ ३० गते २०:४४
Shares
बर्दियामा रगत अभाव पूर्ति गर्न रक्तदान

बाँके : यूनिक नेपाल केन्द्रीय कार्यालय जोतपुर बर्दिया र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समिति बर्दियाको संयुक्त आयोजनामा बर्दियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

ncell

कार्यक्रममा १ महिलासहित ४७ जनाले रक्तदान गरेका छन् । बर्दियाको राजापुर नगरपालिका वडा नं. २ जोतपुर नयाँगाउँस्थित यूनिक नेपाल केन्द्रीय कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा यूनिक नेपालका केन्द्रीय अध्यक्ष प्रिम बहादुर थारुको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि राजापुर नगरपालिका मेयर बाँके दिपेश थारु, विशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेम प्रसाद लम्साल, नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समिति अध्यक्ष लोकराज ढुंगाना, राजापुर नगरपालिका वडा नं.५का वडाध्यक्ष रमेश दहित, बाँके जिल्लाका वरिष्ठ रक्तदाता पवन जायसवालले स्वयंसेवी रक्तदाताहरुलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेका थिए ।  

कार्यक्रममा प्रमुख अतिथि मेयर थारुले अर्कालाई जीवित गर्नका लागि रक्तदान गरिएको भन्दै सिकलसेल एनिमिया, दुर्घटनामा परेका व्यक्ति र सुत्केरी महिलाहरुलाई आपतकालिन अवस्थामा सहजता होस् भनेर रक्तदानको आयोजना गरिएको बताए । 

रक्तदान कार्यक्रममा राजापुर नगरपालिका वडा नं.८ का वडा कार्यालय, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, कर्णाली विकास बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्युरेन्स लिमिटेडले आर्थिक सहयोग गरेका थिए नेपाल रेडक्रस सोसाइटी बर्दिया शाखा राजापुर रक्त संकलन तथा भण्डारण केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

सम्बन्धित खबर