२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

चाडबाडको मौकामा उपभोक्ता ठगिन्छन्, अनुगमनलाई प्रभावकारी बनाऔं : सांसद गैरे

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते २१:४५
चाडबाडको मौकामा उपभोक्ता ठगिन्छन्, अनुगमनलाई प्रभावकारी बनाऔं : सांसद गैरे

काठमाडौं : नेकपा एकीकृत समाजवादीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले चाडपर्वका समयमा उपभोक्ता ठगीमा पर्ने भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । 

आइतबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर उनले ‘मूल्य नियन्त्रण, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति, गुणस्तरको प्रत्याभूतिलगायत विषयमा सरकारको ध्यान जानुपर्ने बताइन् ।

प्रमुख राजमार्गमा बढ्दो सडक दुर्घटनाबाट आमनागरिक त्रसित बनिरहेको उल्लेख गर्दै सांसद गैरेले सडक सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिन् ।

व्यवस्था परिवर्तनका लागि मुलुकमा सशस्त्र द्वन्द्व भएको जनाउँदै उनले द्वन्द्व समाधानका दिशामा अघि बढिरहेका अवस्थामा पुराना घाउलाई कोट्याउनुको सट्टा पीडितलाई न्याय र परिपूरण दिनेतर्फ ध्यान दिनुपर्ने बताइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise