२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

डोल्पाका सरकारी कार्यालयको प्रगति विवरण सार्वजनिक

ADV
पुर्ण कुमार
२०८१ भदौ ३० गते २२:००
डोल्पाका सरकारी कार्यालयको प्रगति विवरण सार्वजनिक

डोल्पा : जिल्ला समन्वय समिति डोल्पाको आयोजनामा डोल्पा जिल्लाको आठौं जिल्ला सभा सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वय समितिको  सभाहलमा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाको अध्यक्षता तथा जिल्लाकी पहिलो सविधान सभा सदस्य दुध कुमारी हमालको प्रमुख आतिथ्यतामा जिल्ला स्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा डोल्पाको आठौं जिल्ला सभा सम्पन्न भएको हो ।

जिल्ला सभामा डोल्पाको जगदुल्ला गाउँपालिकाबाट केशव राज जैसी, छार्काताङसोङ गाउँपालिाकाबाट अमरराज सेजुवाल, शे फोक्सुण्डो गाउँपालिका सुमन ढकाल, मुड्केचुला गाउँपालिकाबाट रेशम महतारा, काईके गाउपालिकाबाट पदम बिक्रम थापा, त्रिपुरासुन्दरी नगरपालिकाबाट भिम बहादुर थापा, ठूलीभेरी नगरपालिकाबाट मनराम ठकुल्लाले आर्थिक वर्ष २०८०/८१ को प्रगति विवरण र चालु आ.व. को बजेट बारे जानकारी गराएका थिए । 

जिल्लाका अन्य स्थानीय तहले प्रगति विवरण सार्वजनिक गराएता पनि डोल्पोबुद्ध गाउँपालिकाबाट भने कुनै पनि प्रतिनिधि सहभागी भएका थिएनन् ।

यस्तै सभामा जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकबाट दर्गेन्द्र ओली, पूवार्धार विकास कार्यालयबाट टेक बहादुर हितान, स्वास्थ्य सेवा कार्यालयबाट डाक्टर रत्नविर सुनार, डिभिजन वन कार्यालयबाट मुन बहादुर रावत, सामाजिक विकास कार्यालयबाट धन बहादुर शाही, कृषि विकास कार्यालयबाट तिल बहादुर राना, खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालयबाट प्रकाश गिरी, पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट जर बहादुर भक्री, बागवाणी विकास कार्यालयबाट सम्पती बुढा, जिल्ला हुलाक कार्यालययबाट जयशंकर धिताल, शे फोक्सुण्डो राष्ट्रिय निकुन्जबाट यज्ञराज रोकाया, शिक्षा विकास तथा समन्वय इकाईबाट दल बहादुर बस्नेत, प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यालयबाट गोविन्द बहादुर मल्ल, जिल्ला कारागार कार्यालयबाट दिर्घराज रोकाया र जिल्ला नापी कार्यालय, उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालयले वर्ष २०८०/८१ को प्रगति विवरण र चालु आ.व. को बजेटबारे जानकारी गराएका थिए ।

आठौं जिल्ला सभामा कर्मचारीको उत्साहजनक सहभागीता रहेतापनि नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि बाहेक प्रमुख राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगाएतका प्रतिनिधि भने जिल्ला सभामा सहभागी भएका थिएनन् । 

जिल्ला सभा जस्तो महत्वपूर्ण कार्यक्रममा सम्बन्धित सरोकारवाला निकायको उत्साह जनक सहभागीता नहुनु गैरजिम्मेवारपन देखिएको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए । 

प्रजिअ दाहालले, कसरी हुन्छ नागरिकले सहजै सेवा पाएको महसुस गर्ने गरी कामकाज गर्न आग्रह गरेका थिए । डोल्पामा समग्रह विकास गर्नको लागि सबै तहका निकायबीच एक आपसमा समन्वय गरेर काम गरे मात्र सम्भव रहेको प्रजिअ दाहालले बताए ।

प्रमुख अतिथि तथा संविधान सभा सदस्य दुध कुमारी हमालले जिल्ला सभालाई शुभकामना दिँदै डोल्पामा जसले जे गरेपनि हुन्छ भन्ने मानसिकताले भरिएका मान्छे मात्र देखिएको बताइन् । 

जिल्ल्ला सभा जस्तो महत्वपूर्ण कार्यक्रममा धेरैले वास्ता नगरेको भन्दै अहमताले आफुलाई नै सिध्याउने भएको हुँदा एक आपसमा सहकार्य आवश्यक रहेको र आवश्यकताको आधारमा काम गर्न सुझाव दिएकी थिइन् ।

आठौँ जिल्ला सभाको समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायाले सभामा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन । जिल्ला समन्वयले पाएको अधिकार आगामी दिनमा पूर्णरुपमा प्रयोग गरि जिल्लाको विकासको लागि सबैसँग समन्वय सहकार्य गर्न तयार रहेको प्रमुख रोकायाले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise