२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मर्स्याङ्दी नेवाः समाज बेसिशहरको प्रथम साधारण सभा सम्पन्न

Nada
२०८१ भदौ ३० गते २२:०६
Shares
मर्स्याङ्दी नेवाः समाज बेसिशहरको प्रथम साधारण सभा सम्पन्न

जनक श्रेष्ठ/मध्यान्ह

ncell

लमजुङ : लमजुङ बेसिशहर नगरपालिकास्थित मर्स्याङ्दी नेवाः समाज (मर्स्याङ्दी सी गुठी) बेसिशहरको प्रथम साधारण सभा सम्पन्न भएको छ । बेसिशहर नगरपालिका वडा नं. ८ मा विविधि कार्यक्रमको आयोजना गर्दै साधारणसभा सम्पन्न गरेको हो ।

सभालाई सम्बोधन गर्दै नेवाः दे दवु केन्द्रीय पूर्वअध्यक्ष तथा संरक्षक नरेश ताम्राकारले नेपाल विभिन्न जातजातिको संस्कार संस्कृति भएको देश रहेपनि सबैभन्दा बढी नेवारको कला,संस्कार,संस्कृतिले विश्वलाई नेपाल चिनाउन सफल भइरहेको बताए । 

नेवार समुदायकै कारण संस्कृतिमा धनी नेपालमा नेवार संस्कृति हेर्न समेत विदेशी पर्यटक आउने गरेको र यसबाट राज्यको आम्दानी समेत भइरहेको उनको भनाइ छ । पछिल्लो समयमा नेवार समुदायको संस्कार संस्कृति लोप हुन सक्ने भन्दै उनले यसको संरक्षणका लागि नेवार समुदाय विशेष गरी युवा पुस्ता सबै एकजुट हुन आवश्यक रहेको बताए । 

उनले नेवार समुदायभित्र जति गुठीहरु भएता पनि सबै गुठीहरु एक आपसमा मिलेर नेवार जातिको उत्थानमा लाग्नुपर्ने धारणा राखे । 

जहाँ नेवार छ त्यहाँ नेवाः दे दबुको संगठन पुर्‍याउने अभियान चलिरहेको र लमजुङे नेवारहरुले पनि साथ दिनुपर्ने बताउँदै जिल्लाको पालिका पालिका पुगेर वडा वडामा पुगेर सो गठन गर्दै त्यहाँ भएका साधन श्रोतको सदुपयोग गर्ने, भाषा कला संस्कृति, संस्कारको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो । उनले मर्स्याङ्दी नेवा समाजले सह्रानीय काम गर्दै आएको र अझै राम्रो गर्दै भाषा, कला, संस्कारमा अग्रणी भूमिका निर्वाह गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे । गुठीमा विभिन्न पार्टीमा संग्लन भएपनि नेवारको हकहितको लागि सबै एक भएर अघि बढ्न उनले आग्रह गरे । त्यस्तै, गण्डकी दे देवुका वरिष्ठ उपाध्यक्ष विष्णु कजुले नेवारको भेषभूषा, कला, संस्कार,संस्कृति उत्कृष्ट रहेको र नेपाल सरकारकै सम्पत्ती रहेकाले यसलाई संरक्षण गर्न पनि सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

त्यस्तै, नेवाः दे दबु लमजुङका अध्यक्ष बालचन्द्र श्रेष्ठले नेवार समुदाय एकजुट हुन नसक्दा पनि विभिन्न अवसरबाट नेवार समुदाय पछि पर्दै आएको बताए । समाजका अध्यक्ष रामकुमार श्रेष्ठले समाजका भावी कार्यक्रमको बारेमा जानकारी गराउँदै आगामी दिनमा अझै सबैलाई समेटेर गुठीलाई एकढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता जनाए । 

समाजका सचिव ओम कायस्थले समाजका संगठानिक गतिविधिको बारेमा प्रस्तुतिकरण दिएका थिए भने कोषाध्यक्ष रामलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो कार्यक्रममा लक्ष्मी परोपकार सिं. गुठीका अध्यक्ष कर्णेल दिलकुमार श्रेष्ठ, स्थानीय सि गुठीका अध्यक्ष तिर्थमान श्रेष्ठ, बेसिशहर धर्मसी गुठीका अध्यक्ष विमल श्रेष्ठ, धर्मसी गुठीका अध्यक्ष विकास श्रेष्ठ, मिलिजुली गुठीका अध्यक्ष शम्भुलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर