२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सहकारी अपचलनमा रवि लामिछानेको संलग्नता पुष्टि !

ADV
मध्यान्ह
२०८१ भदौ ३१ गते १२:५३
सहकारी अपचलनमा रवि लामिछानेको संलग्नता पुष्टि !

काठमाडौं : संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानको संलग्नता रहेको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई जीवी राईले गोर्खा मिडियामा ल्याएको रकम खर्च गर्ने सवालमा मात्रै जिम्मेवार देखाइएको छ ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आज बुझाउने तयारी गरेको छ ।

गोर्खा नेटवर्क प्रालिमार्फत भएको अपचलनमा लामिछानेको संलग्नता देखिएकाले उनलाई कानूनसम्मत कारबाही गर्न लेखि पठाउने सहमति भएको समितिका सदस्य लेखनाथ दाहालले जानकारी दिए ।

यता समितिका सदस्य शिशिर खनालले लामिछाने सहकारी प्रकरणमा दोषि नरहेको बताएका छन् । सोमबार बिहान भएको बैठकपछि पत्रकारको जिज्ञाशामा रास्वपाका सांसदसमेत रहेका सदस्य खनालले यस्तो बताएका हुन् ।

उनले बाहिर सञ्चारमाध्यममा आएका कुराहरू गलत हल्ला मात्र भएको टिप्पणी गरे । सहकारीबाट रवि लामिछानेको नाममा कतै पनि रकम प्रवाह भएको नदेखिएको भन्दै उनले यही तथ्यमा टेकेर अन्तिम प्रतिवेदन बुझाउने तयारी रहेको बताए ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा छानबिन समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची नै संसद सचिलायलले निकालेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise