२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बाल दिवसको अवसरमा प्रतिभा पहिचान तथा मेयर छात्रवृत्ति घोषणा कार्यक्रम सम्पन्न 

ADV
मध्यान्ह
२०८१ भदौ ३१ गते १४:५३
बाल दिवसको अवसरमा प्रतिभा पहिचान तथा मेयर छात्रवृत्ति घोषणा कार्यक्रम सम्पन्न 

युवराज पुन
परासी : सुनवल नगरपालिकाले बाल दिवसको अवसरमा प्रतिभा पहिचान तथा मेयर छात्रवृत्ति घोषणा कार्यक्रम सम्पन्न गरेको छ । सुनवलकी नगरप्रमुख बिमला अर्यालको अध्यक्षता तथा प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

सुनवल नगरपालिका भित्रका विद्यालय सहभागी भएको प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत रमवापुर मावि प्रथम, देवकोटा मावि द्वितीय, भगवती मावि तृतीय र धान्यान्चल माविले सान्त्वना स्थान हासिल गरेका छन् ।  

प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत प्रथम हुने विद्यालयका विद्यार्थीलाई ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वनालाई १५ सय नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।   

त्यस्तै छात्रवृत्ति घोषणा कार्यक्रमअन्तर्गत सुनवल नगरपालिका भित्रबाट सामुदायिक र संस्थागत गरी ५३ विद्यालयका ५ हजार ७ सय ८७ जनाले आर्थिक बर्ष २०८१ मा छात्रवृत्ति पाउने भएका छन ।

ADVADV

सम्बन्धित खबर

Advertise