२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कांग्रेस केन्द्रीय पुस्तकालयलाई कर्मचारी युनियन रुपन्देहीको आर्थिक सहयोग

Nada
२०८१ भदौ ३१ गते १८:०७
Shares
कांग्रेस केन्द्रीय पुस्तकालयलाई कर्मचारी युनियन रुपन्देहीको आर्थिक सहयोग

काठमाडौँ : नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति रूपन्देहीले नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई १ लाख बराबरको सहयोग गरेको छ । 

ncell

केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु सिवाकोटी र नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थीको उपस्थितिमा रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे र सचिव बालकृष्ण कंडेलले कांग्रेस महामन्त्री गगन कुमार थापालाई एक लाख एक रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा महामन्त्री गगन थापाले रचनात्मक काम गरेकोमा रुपन्देही युनियनको उच्च प्रशंसा गर्दै धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा  युनियनका केन्द्रीय सदस्य नवीन पन्थीले कर्मचारीले उठाउँदै आएका विषयलाई सम्बोधन गरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने सन्दर्भमा थप पहल गर्न कांग्रेस महामन्त्री गगन थापालाई अनुरोध गरेका थिए । 

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डेले पुस्तकालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै कर्मचारी युनियन रूपन्देहीले पेशागत हकहितका अतिरिक्त आफ्ना सदस्यहरूको निःशुल्क दुर्घटना बीमा, जीवन विज्ञानलगायतका जीवनोपयोगी कार्यक्रम सञ्चालन, वृद्धाश्रममा सहयोग प्रदान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदानलगायतका विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी गराए ।

सम्बन्धित खबर