२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

शितगंगा नगरपालिका अर्घाखाँचीको वार्षिक समीक्षा

ADV
मध्यान्ह
२०८१ भदौ ३१ गते २१:४९
शितगंगा नगरपालिका अर्घाखाँचीको वार्षिक समीक्षा

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । नगर प्रमुख छविलाल पौडेलको अध्यक्षता  नगरउपप्रमुख  गिता भाटको आतिथ्यतामा सम्पन्न गोष्ठीमा सितगंगा नगरपालिकाबाट १ वर्षको अवधिमा  सम्पन्न भएका सबै योजना ती योजनाको फरफारक तथा आगामी  वर्षका योजनाको बारेमा नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले जानकारी गराएका थिए ।

खनालका अनुसार शितगंगा नगरपालिका अर्घाखाँचीको आर्थिक भौतिक प्रगति समेत ९३ प्रतिशत पुगेको छ, नगरपालिकाको चालूतर्फ ५४ करोड पुँजिगततर्फ २१ करोड गरि ८६ करोड रकम खर्च हँुदा ३२६ योजनामध्ये ३२४ योजना सम्पन्न भएको समीक्षा गोष्ठीमा खनालले जानकारी दिए ।

शितगंगा नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरु  कार्यपालिका सदस्यहरु, नगरपालिकास्थित विभिन्न शाखाका प्रमुखहरु, वडा सचिवहरु, नगरपालिका स्तरीय   राजनीतिक दलका प्रतिनिधिहरूको सहभागितामा समीक्षा सम्पन्न भएको योजना अधिकृत खनालले बताए ।  

समीक्षा गोष्ठीमा सम्पूर्ण वडाका वडा सचिवहरूले वार्षिक प्रगति तथा आगामी अपेक्षाहरूको बारेमा विस्तृत रूपमा प्रस्तुति गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए । 

त्यस्तै, पालिका–स्तरीय शाखा प्रमुखहरूले पनि आ–आफ्नो शाखाबाट भएका प्रगति, समस्या, चुनौती र समाधानका उपायहरू प्रस्तुत गरे ।  

राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, र कृषिमा सुधार ल्याउने तथा बसाइँसराइ रोक्न पहल गर्न सुझाव दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले चालू खर्च कम गर्न सबैको सहयोग आवश्यक भएको र शितगंगाको प्रगति स्मरणीय रहेको बताए ।

नगरपालिकाका प्रमुख छबिलाल पौडेलले   तीन तहको सरकारबीचको कानुनी समस्याले  काम गर्न चुनौतीपूर्ण अवस्था सिर्जना गरेको भन्दै ती सुझावलाई मनन गर्ने बताए । 

नगरपालिकाका उपप्रमुख भाटले नगरको समग्र विकासका लागि प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

ADVADV

सम्बन्धित खबर

Advertise