२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

बालेनको तस्विर अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका युवायुवतीलाई प्रहरीले बाटैबाट फर्कायो  

ADV
मध्यान्ह
२०८१ असोज १ गते १२:५५
बालेनको तस्विर अंकित टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न पुगेका युवायुवतीलाई प्रहरीले बाटैबाट फर्कायो  

काठमाडौं : वसन्तपुरमा इन्द्रजात्रा हेर्न बालेनको तस्विर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएर पुगेका युवायुवतीहरूलाई प्रहरीले त्यहाँबाट फर्काउने कोशिस गरेको छ ।

बालेनको नामको टिसर्ट लगाएर आएपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट फर्काएको हो । उनीहरूलाई समारोहस्थलबाट पर लगेर छोडिएको थियो । प्रधानमन्त्री ओलीको विरोध हुनसक्ने सम्भावनालाई ध्यान दिएर निगरानी बढाइएको प्रहरीले बताएको छ ।

ठूलो समूहमा पुगेका युवायुवतीहरूलाई प्रहरीले जात्रा भएकाे स्थलमा प्रवेश गर्न नदिएपछि अझ बढी विरोध हुने सक्ने बुझिएकाे छ ।

हरेक वर्ष इन्द्रजात्रामा वसन्तपुरमा विशेष समारोह आयोजना हुने गर्छ । यसको आतिथ्यता काठमाडौं महानगरपालिकाले गर्ने गरेको छ । राष्ट्रपतिको समेत उपस्थिति हुने समारोहमा गएको बर्ष बालेन मुख्य आकर्षण भएका थिए । तर यो बर्ष बालेन उपस्थित नहुने बुझिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise