काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालले महासचिव विष्णुप्रसाद पौडेललाई सात बुँदे असहमति पत्र बुझाएका छन् । नेता नेपालले मानमर्दन गर्न नियोजित रूपमा वरीयता परिवर्तन गरिएको उल्लेख गरिएका छन् । बैठकका निर्णयहरूमा लिखित फरक मत दर्ता गर्दै नेपालले पहिला झलनाथ खनाललाई अपमान गर्न खोजिएको र अहिले आफ्नो मानमर्दन गरिएको बताए ।
नेता नेपालले मंगलबारकै सचिवालय बैठकमै लिखित फरक मत राख्ने तयारी गरेपनि बैठक भने स्थगित भएको थियो । गृहकार्य नपुगेको भन्दै सचिवालय बैठक स्थगित भएपछि नेता नेपालले महाचिव पौडेललाई लिखित असहमति पत्र बुझाएका छन् ।
आइतबार साँझ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विशेष कमिटी, सम्पर्क कमिटी र जनवर्गीय संगठनहरुको इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाउनुका साथै बरिष्ठताबारे निर्णय हेरफेर गरेपछि नेता नेपालले असन्तुष्टि जनाउँदै आएका छन् ।
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता गर्दा पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाललाई दिइएको तेस्रो बरियतामा झलनाथ खनाललाई राख्ने निर्णय आइतबारको सचिवालय बैठकबाट भएको छ । यसबारे नेता नेपालले सार्वजनिक अभिव्यक्ति नदिएपनि झलनाथ खनालले तेस्रो बरियता मागेपछि नेता नेपाल आफू पछि हट्न तयार भएको बताएका थिए । ‘आइतबारको बैठकमा उहाँ आफैंले झलनाथ खनाललाई तेस्रो बरियता दिन तयार हुनुभएको हो । यसमा आपत्ति नै छैन’, एक नेताले भने ।
तत्कालीन एमालेमा नेता नेपाल भन्दा खनाल नै अगाडि थिए । तर, पार्टी एकताका क्रममा नेता नेपाललाई अगाडि ल्याउने निर्णय भयो । नेता नेपालले आफू निकट नेताहरूसँग आइतबारको सचिवालय बैठकबारे समीक्षा गरिसकेका छन् । समीक्षाका क्रममा नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले षड्यन्त्र गरेको निष्कर्ष निकालेका छन् । बरियताबारे नेता नेपालले कुरा नउठाउने भएका छन् ।
तर, जनवर्गीय संगठनको इन्चार्ज तोक्ने निर्णयमा भने ‘नोट अफ डिसेन्ट’ लेख्ने भएका छन् । युवा, विद्यार्थी, मजदुर, प्रेसलगायत केही जनवर्गीय संगठनको निर्णय प्रक्रियाबारे ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी नेता नेपालले गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies