२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

वाणिज्य बैंकहरुको साउन महिनाको नाफा ९ अर्ब १७ करोड

shivam cement
मध्यान्ह
२०८१ असोज १ गते २१:२९
वाणिज्य बैंकहरुको साउन महिनाको नाफा ९ अर्ब १७ करोड

काठमाडौं : चालु आर्थिक बर्ष पहिलो महिना अर्थात साउनमा वाणिज्य बैंकहरुको खुद नाफा बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको ७.६३ प्रतिशतले बढेको छ । वाणिज्य बैंकले एक महिनमा नौ अर्ब १७ करोड ६१ लाख रुपियाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको साउनको भन्दा ६५ करोड ११ लाख रुपियाँ बढी हो । गत आवको समीक्षा अवधिमा आठ अर्ब ५२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएका थिए । पहिलो महिनामा सबै भन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । बैंकले ८९ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको हो । 

यस्तै नबिल बैंक दोस्रो नाफा कमाउने बैंक भएको छ । नबिल बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको हो । यस्तै तेस्रोमा रहेको कृषि विकास बैंकले ७१ करोड २० लाख रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा छ । यस्तै साउनमा हिमालयन बैंकले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ५७ करोड ७५ लाख, प्रभुले ५३ करोड ८० लाख, प्राइम कमर्शियलले ५० करोड ५५ लाख, कुमारीले ५० करोड ३५ लाख कमाए ।  

यसैगरी लक्ष्मी सनराइजले ४३ करोड ३२ लाख, एनएमबिले ४२ करोड ७२ लाख, एभरेष्टले ४२ करोड २९ लाख र सानिमाले ३८ करोड २६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड छ लाख, सिद्धार्थले ३४ करोड ८८ लाख, सिटिजन्सले ३४ करोड २२ लाख, नेपाल एसबिआईले ३३ करोड ३३ लाख, स्ट्यान्डर्ड चार्टर्डले ३१ करोड १५ लाख, एनआईसी एसियाले २६ करोड ६३ लाख, नेपाल बैंकले २२ करोड ३९ लाख र माछापुच्छ्रले २० करोड २४ लाख रुपियाँ खुद नाफा कमाएका छन् ।

८ बैंकले घटाए ब्याजदर 

असोज १ देखि लागू हुने निक्षेपतर्फको ब्याजदरमा २० वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर घटाएका छन् । दुईवटा वाणिज्य बैंकले ब्याजदर बढाउँदा १० वटाले भदौ महिनाकै ब्याजदरलाई यथावत राखेका छन् । अधिक तरलताको समस्या खेपिरहेका ८ वटा वाणिज्य बैंकहरुले असोज महिनामा बचतकर्तालाइ कम ब्याज दिने भएका हुन् । बैंकहरुले निक्षेपमा औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत कायम गरेका हुन् । केही बैंकहरुले भदौको तुलनामा असोजमा निक्षेपतर्फको ब्याजदर घटाएका छन् । असोजमा व्यक्तिगत निक्षेपतर्फत सबैभन्दा धेरै ब्याज दिनेमा एनआईसी एसिया बैंक छ । एनआईसी एसियाले व्यक्तिगत निक्षेपतर्फ ७.१८ प्रतिशत ब्याज दिनेछ । 

ADV

सम्बन्धित खबर

Advertise