२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विश्वकप लिग-२ : आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै

ADV
मध्यान्ह
२०८१ असोज २ गते ११:३०
विश्वकप लिग-२ : आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

क्यानडाको किंग सिटी मैदानमा हुने उक्त खेल नेपाली समयानुसार आज राति पौने ९ बजेदेखि शुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आजको खेलमा नेपाल जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रनेछ ।

यस शृंखलाअन्तर्गत नेपालले क्यानडासँग अर्काे खेल यही असोज ६ गते खेल्ने छ भने ८ गते ओमानसँग खेल्नेछ । यस त्रिकोणात्मक सिरिजमा नेपाल, ओमान र आयोजक क्यानडा सहभागी छन् । 

एकदिवसीय त्रिकोणात्मक शृंखला यही असोज १० गतेसम्म सञ्चालन हुनेछ । यो खेल सकिएपछि यी तीन टोलीबीच टि–२० शृंखलाअन्तर्गतको खेल पनि हुनेछ । त्यसपछि नेपाली टोली लिग दुईको अर्को त्रिकोणात्मक शृंखला खेल्न त्यहीबाट अमेरिका जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise