काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेका बेला पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओली सिंगापुर रहँदा पनि मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका हुन् ।
सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेका बेला भिडियो कन्फरेन्सलगायत प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री ओली दुई साताका लागि बिहीबार स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies