२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

चार दिनअघि 'मिस्टर काठमाडौं'को उपाधि जितेका राईको निधन

Nada
२०८१ असोज २ गते १२:३२
Shares
चार दिनअघि 'मिस्टर काठमाडौं'को उपाधि जितेका राईको निधन

काठमाडौं : पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ ।

गत शनिबार मात्रै मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका राईको बुधबार निधन भएको हो । हृदयघातका कारण उनको निधन भएको हो ।

टिम म्यानेजरसहित होटलमा बस्दै आएका राईलाई हृदयघात भएपछि ग्रन्डी अस्पताल लगिएको थियो । मोरङका राईको मृत्यु भएपछि परिवारलाई खबर गरिएको छ । मोरङबाट उनका आफन्त काठमाडौं आएका छन् ।

सम्बन्धित खबर