२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

असोज ११ गतेदेखि स्यार्पु महोत्सव हुने

ADV
प्रचण्ड खत्री
२०८१ असोज २ गते १४:१६
असोज ११ गतेदेखि स्यार्पु महोत्सव हुने

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिका वडा नं. ३ स्यार्पु ताल क्षेत्रमा महोत्सव आयोजना हुने भएको छ । नियमितरुपामा लाग्दै आएको स्यार्पु पर्यटन तथा सांस्कृतिक महोत्सव यही असोज ११ देखि २३ गतेसम्म लागे भएको हो । 

"जल जमिन जंगल जडिबुटी कृषि कला संस्कृति र खेलकुद पर्यटन विकास मुख्य आधार स्यार्पुताल संरक्षण विकास निर्माण हाम्रो कार्यभार" भन्ने मूल नाराका साथ महोत्सव आयोजना हुने महोत्सव मूल आयोजक समितिका अध्यक्ष डेनी विश्वकर्माले बताए । 

महोत्सवमा अभिनेता विराज भट्ट, पल शाह, लोकदोहोरी गायक राजु परियार, हास्य कलाकार धुर्मुस सुन्तली, कलाकारहरु चन्द्र शर्मा, बद्री पङ्गेनीलगायत कलाकारको प्रस्तुति रहने अध्यक्ष विश्वकर्माले जानकारी दिए ।

बाँफिकोट गाउँपालिका आयोजक रहेको महोत्सवको सहआयोजकमा युवा तथा खेलकुद विकास समिति बाँफिकोट ३  र व्यवस्थापकमा महोत्सव मूल आयोजक समिति बाँफिकोट, कुसारी उन्नत बाख्रा पालन फर्म बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र सेपिन्स होटल बाँफिकोट ३ रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise