२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दरबारमार्गमा 'नेशनल डे कन्सर्ट' को तयारी तीव्र, सवारी आवतजावतमा रोक (फोटोफिचर)

ADV
मध्यान्ह
२०८१ असोज २ गते १६:३७
दरबारमार्गमा 'नेशनल डे कन्सर्ट' को तयारी तीव्र, सवारी आवतजावतमा रोक (फोटोफिचर)

काठमाडौँ : संविधान दिवसको दिन दरबारमार्गमा हुने 'नेशनल डे कन्सर्ट' को तयारी तीव्ररुपमा चलिरहेको छ । भोलि हुने कन्सर्टको लागि तयारी शुरु भएसँगै सो क्षेत्रमा सवारी आवातजावतमा समेत रोक लगाइएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।

कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत गायक-गायिका सहित चर्चित ब्यान्डहरू कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिनेछन् ।

सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise