२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

कैदी बन्दीको माफी रोकियो, भोलि कोही पनि नछुट्ने

Nada
२०८१ असोज २ गते १६:५६
Shares
कैदी बन्दीको माफी रोकियो, भोलि कोही पनि नछुट्ने

काठमाडौँ :  गृह कार्य नपुगेपछि संविधान दिवसको दिन कैद छुट पाएर कोहीपनि कैदी नछुट्ने भएका छन् । कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले संविधान दिवसमा कोही पनि नछुट्ने बताए । 

ncell

उनले भने,‘वर्षमा चारपटक माफी दिने भन्ने हो, संविधान दिवसमा दिनैपर्छ भन्ने होइन । दशैँमा पनि दिन सकिन्छ ।’

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्कीले कैदी बन्दीको विवरण दुई पटक गृह मन्त्रालयमा पठाइसकेको तर निर्णय हुन बाँकी भन्ने जानकारी आएकाले भोलि कोही पनि छुट्ने सम्भावना नरहेको बताए । 

९ असारमा पनि ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि १७ भदौमा ४२० जनाको कैद कट्टा गर्ने भन्दै सूचना सार्वजनिक गरिएको थियो ।

दुबै टोलीमा सूचना निकालिएकाहरु ३ असोजमा संविधान दिवसको अवसरमा छुट्ने बताइएको थियो । तर अहिले फेरि केही गृह कार्य गर्नुपर्ने भन्दै रोकिएको छ ।

सम्बन्धित खबर