२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सहकारीको छानबिन प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने सरकारको निर्णय

Nada
२०८१ असोज २ गते २१:१४
Shares
सहकारीको छानबिन प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं : सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको संसदीय प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

ncell

बुधबार बसेको मन्त्रिपरिषद्‌ बैठकले सांसद सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा बनेको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

सभामुखले कार्यान्यनका लागि रुलिङ गर्दै पठाएको सहकारीको बचत रकम हिनामिना सम्बन्धमा गठित संसदीय समितिको प्रतिवेदनलाई बैठकले स्वामित्व ग्रहण गर्दै तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

संसदीय विशेष समितिले सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्षसहित पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेसहित जीबी राई, कुमार रम्तेलर र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

सम्बन्धित खबर