२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेपाल ओमनसँग पराजित

ADV
मध्यान्ह
२०८१ असोज ३ गते ०७:२४
नेपाल ओमनसँग पराजित

काठमाडौं : आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।

ओमानका ओपमर जतिन्द्र सिंहले सर्वाधिक ४१ रन बनाए । काश्यप प्रजापतीले ३६, कप्तान अकिव इलियासले २९, प्रतीक अथाभालेले ३६, शोइब खानले २६ रन बनाउँदा शकिल अहमेद १७ रन बनाउँदै अविजित रहे ।

नेपालका गुलसनकुमार झाले सर्वाधिक पाँच विकेट लिए । करण केसीले दुई विकेट लिँदा सन्दीप लामिछाने र आरिफ शेखको नाममा समान एक विकेट रह्यो । 

त्यसअघि नेपालले गुलसनकै आक्रामक इनिङ्समा निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२० रन बनाएको थियो । कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६० रन बनाए । गुलसनले ३५ बलमा तीन चौका र पाँच छक्कासहित ५३ रन बनाउँदा आरिफ शेखले ३५ रनको योगदान दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise