२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

एन्फाले अझै पेस गरेन कार्ययोजना

draupadi film
मध्यान्ह
२०८१ असोज ३ गते ११:३८
एन्फाले अझै पेस गरेन कार्ययोजना

काठमाडौं : दशरथ रंगशालाको फुटबल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले माग गरेको अनुमानित लागत, समयावधिसहितको कार्ययोजना अखिल नेपाल फुटबल संघ (एन्फा)ले अझै पेस गरेको  छैन ।

साउन अन्तिममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीबीच भएको छलफलमा १५ दिनभित्र एन्फाले परामर्शदाताको सुझावअनुसार कार्ययोजना पेस गर्ने सहमति भएको थियो । सहमतिअनुसार एन्फाले १५ दिनभित्र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोग गरी फुटबल मैदानलाई स्तरोन्नति गर्न कार्ययोजना पेस गर्नुपर्ने थियो ।

छलफल भएको एक महिना बितिसक्दा पनि कार्ययोजना पेस नगरेको भन्दै राखेपले फेरि ध्यानाकर्षण गराउन पत्राचार गरेको छ । सात दिनभित्र लागत, आवश्यक पर्ने समयावधिसहितको कार्ययोजना पेस गर्न पुन: पत्राचार गरिएको राखेपअन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जानकारी दिएका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise