२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आजबाट सर्वसाधारणका लागि खुल्यो धरहरा, नि:शुल्क चढ्न पाइने

ADV
मध्यान्ह
२०८१ असोज ३ गते ११:५७
आजबाट सर्वसाधारणका लागि खुल्यो धरहरा, नि:शुल्क चढ्न पाइने

काठमाडौं : काठमाडौंको सुन्धारास्थित धरहरा सर्वसाधारणका लागि खुला गरिएको छ । संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सरकारले धरहरा खुला गरेको हो । २०७२ वैशाख १२ को महाभूकम्पले ढलेको धरहरा नौ वर्षपछि पुनर्निर्माण गरी सर्वसाधारणका लागि खुला गरिएको हो ।

तत्कालका लागि सर्वसाधारणले धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन् । प्रत्येक घण्टा एक सयजनाले धरहरा चढ्न टिकट पाउनेछन् । धरहरा खुलेसँगै आज धरहरा चढ्नहरुको भिड नै लागेको छ ।

संविधान दिवसको अवसरमा खुला गरिएपनि धरहरा निर्माण अझै पूर्णरूपमा भने सकिएको छैन ।  धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

निर्माण पूरा नभएपनि २०७८ साल वैशाख ११ मा केपी ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise