२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एकैपटक साढे १२ सय कर्मचारीको सरुवा (सूचीसहित)

ADV
मध्यान्ह
२०८१ असोज ३ गते १२:०८
एकैपटक साढे १२ सय कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले एकैपटक ७१ उपसचिव, ५ सय ३७ शाखा अधिकृत र ६ सय ४६ नासु खरिदारसहित १२ सय ५४ कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ति कर्मचारीको सरुवा गरेको हो । सरुवा विवरण मन्त्रालयले बिहीबार राति सार्वजनिक गरेको हो ।

उपसचिव पदसम्मका निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयबाट अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सरुवा गर्ने अधिकार सामान्य प्रशासन मन्त्रालयसँग छ । निजामती सेवा ऐन, २०४९मा निजामती कर्मचारीको सरुवा गर्दा सरुवा पत्रमा अवधि तोकेर कम्तीमा दुई वर्षका लागि सरुवा गर्नुपर्ने व्यवस्था छ ।

निजामती सेवा नियमावली, २०५०ले सरुवाको समय तालिका र सरुवाका आधारहरू नै निर्धारण गरेको छ । त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्नुपर्ने हुन्छ ।


ADVADV

सम्बन्धित खबर

Advertise