२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कान्तिपुर सेभिङका तत्कालीन अध्यक्ष सिबी लामा पक्राउ

ADV
मध्यान्ह
२०८१ जेठ १७ गते १०:१२
कान्तिपुर सेभिङका तत्कालीन अध्यक्ष सिबी लामा पक्राउ

काठमाडौं : कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

लामा पशुपति सेभिङ एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङको ८ अर्ब ५९ करोड  निक्षेप अपचलन गरेको आरोप छ ।

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष लामा तथा सञ्चालकहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब दुरुपयोग गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका थिए । 

काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकोमध्ये एक कान्तिपुर सहकारीले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise