२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल

ADV
मध्यान्ह
२०८१ असोज ४ गते १४:४८
नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल

काठमाडौंः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधता नै नेपालीको पहिचान भएको बताएका छन् । पूर्वाञ्चल गन्धर्भ सांस्कृतिक उत्थान सङ्घ झापाको प्रतिनिधि मण्डलसँग काठमाडौंमा भएको भेटमा मन्त्री दाहालले नेपाली मौलिकता र नेपाली सङ्गीतको संरक्षण सबैको साझा दायित्व भएको बताए । नेपालका सबै जाति, भाषा, संस्कार र संस्कृति संरक्षणमा सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो । 

नेपाली मौलिकताको संरक्षणका लागि नयाँ पुस्तालाई आकर्षित गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री दाहालले कुनै पनि जातजातिको संस्कृति सङ्कटमा परे राज्यको  परिचय नै सङ्कटमा पर्ने बताए । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सबै जातजातिको संस्कृति संरक्षणका लागि आफ्नो मन्त्रालयले सक्दो पहल गर्ने बताए । 

पूर्वाञ्चल गन्धर्भ सांस्कृतिक उत्थान सङ्घका अध्यक्ष रवीन गन्धर्भले आफ्नो संस्थाले नेपाली मौलिक सङ्गीतको संरक्षण गर्न देशव्यापी अभियान सञ्चालन गरिरहेको बताए । गन्धर्भ जातिलाई लोपोन्मूख जातिमा सूचीकृत गर्नुपर्ने, नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने, सङ्गीतमाथिको हस्तक्षेप रोक्नुपर्नेलगायतका विषयमा जागरण फैल्याउन अभियान थालिएको उनको भनाइ थियो । सो अवसरमा झापाको कचनवकल गाउँपालिकामा गन्धर्भ सङ्ग्रहालय, सभाहल, पहुँचमार्गलगायतका संरचना निर्माण गर्न तथा गन्धर्भ बस्तीमा ‘होमस्टे’ सञ्चालन गर्न आवश्यक सहयोगका लागि आग्रह गरिएको अध्यक्ष गन्धर्भले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise