२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अधिकारीको सिर्जनामा ‘गागरी’ सार्वजनिक

ADV
किस्ना आचार्य रोशनी
२०८१ असोज ४ गते १७:५०
अधिकारीको सिर्जनामा ‘गागरी’ सार्वजनिक

काठमाडौं : अभिनेता पल शाह र कामना फगामी मगर अभिनीत ‘गागरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा अभिनय गर्न कामना केही समय पहिले जापानबाट नेपाल आएकी थिइन् । भिडियोमा यो गीतका गायक, संगीतकार तथा संगीत संयोजक योगेशकाजी शाहको पनि अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियोको सम्पादन र रंग संयोजन मिलन विश्वकर्माले गरेका हुन् । करण खतिवडा सहायक कोरियोग्राफर रहेको भिडियोको सहायक निर्देशक तथा कोरियोग्राफर प्रशान्त मगर हुन् ।

शान्ती श्री परियार र योगेशको स्वर रहेको गीतको मिक्सिङ मास्टरिङ मनोज परियारले गरेका हुन् । अमित कुमार चन्दले निर्माण गरेको गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । गीतकार अधिकारी र अभिनेता पलको यो तेश्रो गीति सहकार्य हो । 

यसअघि गीतकार अधिकारीले लेखेको चलचित्र शत्रु गतेको रुपै मोहनी बोलको गीत र टंक बुढाथोकिको संगीत रहेको केले भन्दा पिरतीले बोलको गरी दुई गीतमा पलले अभिनय गरेका थिए । गीतको भिडियो गायिका परियारकै आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया पाएको छ ।


ADVADV

सम्बन्धित खबर

Advertise