२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

कतारमा ३९ जनाले नेपालीले गरे रक्तदान

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज ४ गते १८:५५
कतारमा ३९ जनाले नेपालीले गरे रक्तदान

दोहा, कतार : शेष घलेद्वारा संरक्षित गैरआवासीय नेपाली संघ कतारको आयोजनामा सम्पन्न बृहत् रक्तदान कार्यक्रममार्फत ३९ जनाले रक्तदान गरेका छन् । नेपाली रक्तदाता संघ कतारको समन्वयमा  शुक्रबार कतारको हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

संघले रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्रले सम्मान गरेको थियो । रक्तदान जस्तो पुण्य कार्यलाई भव्यरूपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई संघका अध्यक्ष सुनिल कुमार घिमिरेले आभार व्यक्त गरे । उनले संघले कतारमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क नेपाली विषय शिक्षण कार्यक्रम सञ्चालन गर्न समन्वय समेत गरिरहेको बताए । 

बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म चलेको कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक, सामुदायिक तथा वैचारिक संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, पत्रकारहरूको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise