२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रेस सेन्टर राप्तीको अध्यक्षमा कुँवर

Nada
२०८१ असोज ४ गते २०:५८
Shares
प्रेस सेन्टर राप्तीको अध्यक्षमा कुँवर

दाङ : प्रेस सेन्टर नेपाल राप्ती  गाउँपालिको अध्यक्षमा तुलबहादुर कँवर चयन  भएका छन् । प्रेस सेन्टर  राप्ती  गाउँपालिको प्रथम भेलाले कुँवरको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेको हो  । 

ncell

जसको उपाध्यक्षमा छविन्द्र बुढाथोकी सचिव ईराधा झाँक्री सहसचिव सन्जुकुमारी चौधरी र कोषाध्यक्ष सुस्मिता परियार चयन भएकी छन् । 

संगठनको सदस्यहरुमा कृति कार्की,बिनोद कुमार सोनी,विनिता गाहा मगर,दिलबहादुर सिंजाली,निश्चल सारु,ईशा परियार,लक्ष्मी कामी र अन्जिता चौधरी चयन भएकी छन् । सम्मेलनको  उद्घाटन गर्दै  राप्ती गाउँपालिका अध्यक्ष  प्रकाश बिष्टले समाज रुपान्तरणका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए । 

कार्यक्रमको  प्रमुख अतिथि समेत रहेका विष्टले प्रेस सेन्टरमा आबद्व हुने पत्रकारले सिमान्तकृत समुदायको पक्षमा समाचार लेख्नुपर्ने धारणा राखे । महान शहीद कृष्णसेन इच्छुक जस्ता व्यक्तिको बलिदानले मात्रै मुलुकमा गणतन्त्र स्थापित भएको बताउँदै त्यसको रक्षा गर्न अब पत्रकारले ध्यान दिनुपर्ने बताए । 

सो अवसरमा संगठनमा रहेर लामो समयदेखि भूमिका खेल्ने पत्रकार तथा साहित्यकार धर्मराज शर्मा बैरागी र चन्द्र खनाललाई सम्मान गरिएको थियो ।

संगठनका उपाध्यक्ष छविन्द्र बुढाथोकीको  स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा माओवादी केन्द्र  राप्तीपालिका अध्यक्ष नारायण शर्मा, प्रेस सेन्टर दाङका संस्थापक पुरणशर्मा, प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष  मानसिं वि.क,सचिव दिवाकर पोखरेल,जिल्ला सचिव जनक नेपाली ,सहसिचव दिपक बोहरा, दलित मुक्तिमोर्चा दाङका सल्लाहकार राजेन्द्र पुजाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आयोजक कमिटीका अध्यक्षता तुलबहादुर कँवरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इराधा झाँक्री गरेकी थिइन् ।

सम्बन्धित खबर