२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

अन्तर्राष्ट्रिय सेफ सोसाइटी साइप्रस शाखा गठन

ADV
मध्यान्ह
२०८१ जेठ ३१ गते १२:१०
अन्तर्राष्ट्रिय सेफ सोसाइटी साइप्रस शाखा गठन

साइप्रस : अन्तर्राष्ट्रिय सेफ सोसाइटीको शाखा साइप्रसमा पनि गठन भएको छ । विश्वका १८ भन्दा बढी देशमा शाखा विस्तार गरेको उक्त संस्थाले गत मंगलबार लिमासोलस्थित गोर्खा किचन रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गर्दै साइप्रस शाखाका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीको भर्चुअल उपस्थितिमा भएको कार्यक्रममा सेफ रेशमबहादुर लामाको अध्यक्षतामा ३४ सदस्यीय नयाँ कार्यसमिति गठन  गरिएको छ । कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष अधिकारीले नेपाली खानालाई विश्वमाझ परिचित गराउन निरन्तर एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले नवगठित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

'नेपाली सेफहरुको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि हाम्रो अभियान' भन्ने मूल नाराका साथ विश्वभर छरिएर रहेका सेफहरुलाई संगठित गर्ने उद्देश्यले साइप्रसमा पनि शाखा गठन गरिएको हो ।

नव कार्यसमितिको अध्यक्षमा रेशमबहादुर लामा, वरिष्ठ उपाध्यक्षमा रविचन्द्र राई, उपाध्यक्षमा प्रदीप तामाङ, पियुस लामा (नेगी), रेशम पाण्डे र बलराम खतिवडा चयन भएका छन् । यसैगरी महासचिवमा गोपाल प्रसाद तिमिल्सिना, सचिवमा नविन चौलागाईं, सहसचिवमा पूर्ण बहादुर श्रेष्ठ, कोषाध्यक्षमा लाल बहादुर बुढा मगर, प्रथम सह-कोषाध्यक्षमा अरुण तामाङ र सह-कोषाध्यक्षमा राम पाख्रिन चयन भएका छन् ।

यस्तै सदस्यहरूमा अबी लामा, लक्ष्मण अमन, विवेक मगर, सुर्य तामाङ, बियान लामा, सुमन पाण्डे, विजय मथियल, ज्यो ज्यो मगर, खुम अधिकारी, कविन्द्र श्रेष्ठ, परशुराम राई, दिवास गुरुङ, राजाराम बस्नेत, सरोज तामाङ, लक्ष्मण अङ्गाई, गजल लामा, दिपेश गुरुङ, मनोज कुमार गुराई, रोजन लामा, सुजन श्रेष्ठ र  मनोज श्रेष्ठ चयन भएका छन् ।

संस्थाको प्रमुख सल्लाहकारमा सेफ हरिराम घिमिरे र समिम मियाँलाई नियुक्त गरिएको सचिव नविन चौलागाईंले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष लामाले साइप्रसलाई कर्मथलो बनाउँदै भान्से पेशा, पाक कलामा कार्यरत सम्पूर्ण सेफहरुको साथ र सहयोगले अभियान सफल हुने विश्वास व्यक्त गरे । संस्था गठन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका संयोजक सेफ युवराज तामाङ, सह-संयोजक सेफ सुदर्शन लामालाई अध्यक्ष लामाले धन्यवाद दिए ।

अन्तर्राष्ट्रिय सेफ सोसाइटी विश्वभरका नेपाली सेफहरुलाई एकीकृत गर्दै नेपाली खानाको प्रचार प्रसार, खानाको स्तरोन्नतिका साथै नेपाली सेफहरुको व्यक्तित्व विकासमा मद्दत पुर्‍याउन लागिपरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise