२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सैन्य कूटनीति बलियो बनाउँदै जंगीअड्डा

ADV
शिव विक
२०८१ असोज ५ गते ०६:४०
सैन्य कूटनीति बलियो बनाउँदै जंगीअड्डा

काठमाडौं : नेपाली सेनाले सैन्य कूटनीति बलियो बनाउँदै लगेको छ । यसका लागि छिमेकी देशसहित बिभिन्न देशसँगको भेटवार्ता, द्विपक्षीय संयुक्त अभ्यास लगायतका कार्यलाई प्राथमिकतामा राखेको छ ।

यहीक्रममा शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरे । 

सैनिक मुख्यालय जंगीअड्डामा उनीहरुबीच भेट भएको हो । त्यसक्रममा द्वीपक्षीय हित एवम् पारस्परिक सम्बन्धका विविध विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमका भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास व्यक्त गरेको छ । विगतमा पनि यस्ता कार्य हुँदै आएका छन् । अधिकारीहरूका अनुसार नेपाली सेनाले सन्य कूटनीतिमा जोड दिँदै आएको छ । 

नेपाली सेनाले विभिन्न मुलुकसँग संयुक्त तालिम, सेमिनार, अध्ययनमा साझेदारीमा काम गर्दै आएको छ । नेपाली सेनाले भारतसँग सूर्य किरण र संयुक्त राज्य अमेरिकासँग ‘ब्यालेन्स नेल’ तथा ‘टेक नेल’ नाम दिएर सैन्य अभ्यास समेत गर्दै आएको छ । 

नेपाली सेनाले चीनसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । चीनसँग ‘सगरमाथा मैत्रीपूर्ण अभ्यास–१’ स्पेसल फोर्सको संयुक्त अभ्यास हुने गरेको छ । 

नेपाली सेनाले श्रीलकासँग ‘कोर्मोरान्ट स्ट्राइक’ अभ्यास गरिसकेको छ । बंगलादेशसँग संयुक्त सगरमाथा आरोहणको योजना बनाएको नेपाली सेनाका अधिकारीहरू बताउँछन् । ग

त फागुन १२ गते जंगीअड्डामै आयोजित एक कार्यक्रममा निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक कूटनीतिको बारेमा ब्याख्या गरेका थिए ।

उनको प्रस्तुतीका अनुसार सैनिक कूटनीतिको माध्यमबाट मित्र राष्ट्रका सैनिक संगठनसँग आपसी हितमा दुईपक्षीय पेसागत सम्बन्धलाई थप सुदृढ गर्ने सम्बन्धमा उल्लेख्य प्रगति भएको छ ।

नेपाली सेनाका अनुसार अमेरिकी सेनासँग प्यासिफिक एन्जल अभ्यास सञ्चालन हुने तयारी अघि बढेको छ । सैन्य अधिकारीहरू छिमेकी मुलुकका सैन्य संगठनसँग सम्बन्ध विस्तार गर्ने क्रममा नयाँ आयामहरू पनि थपिएका छन् । आतंकवादको सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै चीनसँग नेपाल–चीन स्पेसल फोर्स संयुक्त ट्रेनिङ ‘सगरमाथा मैत्रीपूर्ण अभ्यास–१’ को अभ्यास गर्ने तयारी छ । 

नेपाली सेनाले पाकिस्तानसँग पनि संयुक्त अभ्यासको प्रस्ताव अघि बढाएको थियो । तर भारतले चासो देखाएपछि उक्त प्रस्ताव रद्व भएको बताइएको छ । भारतले चीनसँगको सैन्य अभ्यासमा समेत चासो देखाउँदै आएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise