२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

राज्यविरुद्धको कसुरमा भुसालमाथि अनुसन्धान शुरु

ADV
मध्यान्ह
२०८१ असोज ५ गते १०:५६
राज्यविरुद्धको कसुरमा भुसालमाथि अनुसन्धान शुरु

काठमाडौँ : नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३ गते पक्राउ परेका पर्वत, पैयू गाउँपालिका-३ घर भएका ६० वर्षीय टिकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १ (राज्यविरुद्धका कसूर) को दफा ५१ (क) बमोजिम मुद्दा चलाइएको हो । अदालतबाट पाँच दिन म्याद थप अनुमति लिएर भुसालविरुद्ध अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

नेपालको संविधान राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र देशको अपमान हुने गतिविधि गरिरहेको अवस्थामा भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise