२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

पर्वत समाज जलजला इकाइ कतारको अध्यक्षमा कार्की सर्वसम्मत चयन

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज ५ गते १७:१८
पर्वत समाज जलजला इकाइ कतारको अध्यक्षमा कार्की सर्वसम्मत चयन

दोहा, कतार : पर्वत समाज कतार मातहत रहेको पर्वत समाज जलजला इकाइ कतारको प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ । इकाइका तदर्थ समितिका संयोजक देभाराज कार्की क्षेत्रीको सभापतित्व तथा पर्वत समाज कतारका अध्यक्ष रघुनाथ शर्माको प्रमुख आतितथ्यतामा सल्वा रोडमा रहेको ग्रिन रेस्टुरेन्टको सभा हलमा अधिवेशन सम्पन्न भएको हो ।

खुला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट आगामी एक कार्यकालका लागि देभाराज कार्की क्षेत्री (जलजला ३) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्य बहादुर खत्री, उपाध्यक्ष अम्मर बहादुर जी.सी, सचिव बाबुराम नेपाली, सहसचिव बेल बहादुर कार्की, कोषाध्यक्ष क्षेत्र बहादुर जी.सी, सह-कोषाध्यक्ष कर्ण बहादुर परियार चयन भएका छन् । नव कार्यसमितिका सदस्यहरूमा लोक बहादुर खत्री, सन्दीप भण्डारी, नन्द बहादुर परियार, फौद बहादुर कार्की, भगवान जी.सी, दिनेश मल्ल, बुद्धिमान नेपाली र नवराज बरुवाल रहेका छन् । कार्यसमितिलाई निर्वाचन समिति तथा विधान समितिका संयोजक भरत मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै प्रमाण पत्र प्रदान गरेका थिए ।

अधिवेशनको खुला सत्रमा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले सिंगो जलजलालाई समेटेर प्रथम अधिवेशन सम्पन्न गर्दै कार्कीले आफ्नो कुशल क्षमता देखाइसकेको बताउँदै प्रशंसा गरे । शर्माले इकाइ पनि परिवारको महत्वपूर्ण हिस्सा भएको हुँदा औपचारिकरूपमा सहयात्रा शुरु भएको बताए । कतारमा स्थापित सीमित संघ संस्थाका प्रमुख र प्रतिनिधि, कतारको नेपाली समाजका बुद्धिजीवी तथा सामाजिक अभियन्तासहित समाजका विभिन्न तहका पदाधिकारीहरू, पत्रकार र जलजलावासीहरूको उपस्थिति रहेको थियो । अधिवेशनमा बोल्ने वक्ताहरूले इकाइ गठन गर्दा केन्द्रीय कार्यसमितिले समेट्न नसकेर छुटेका मुद्दाको समाधान मात्र नभइ जहाँ आवश्यकता त्यहाँ समाजको उपस्थिति पनि हुने कुरामा विश्वास व्यक्त गरेका थिए ।

तदर्थ समितिका सचिव बाबुराम नेपालीले सहजीकरण गरेको कार्यक्रममा नेपालीले नै कार्य प्रगति र कोषाध्यक्ष क्षेत्रबहादुर जी.सीले आर्थिक प्रतिवेदन पेस गरेका थिए । अधिवेशनको खुला सत्रको समापन गर्दै सभापति कार्कीले तदर्थ समितिको नेतृत्व लिएपछि आफूले सबैबाट साथ र सहयोग पाएको बताउँदै आभार व्यक्त गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise