२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

कतारमा रहेको एक बचत कोषबाट २७ लाख ऋण लिएर चापागाईं फरार

ADV
मध्यान्ह
२०८१ असोज ५ गते १८:४२
कतारमा रहेको एक बचत कोषबाट २७ लाख ऋण लिएर चापागाईं फरार

दोहा, कतार : नवलपरासी सेवा समाज कतारको बचत कोषबाट ऋण लिएर भीम प्रसाद चापागाईं उर्फ विनय शर्मा सम्पर्कविहीन भएका छन् । नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ४ स्थायी घर भएका चापागाईंले समाजबाट विभिन्न शीर्षकमा करिब ७५ हजार रियाल अर्थात करिब २७ लाख नेपाली रुपैयाँ ऋण लिएर सम्पर्कविहीन भएको समाजद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाजमा ५ अक्टोबरमा तदर्थ समिति सचिव पदमा रही कार्यसम्पादन गरेका उनी त्यसयता निरन्तर सल्लाहकार पदमा रहेको समाजका कार्यकारी अध्यक्ष दुर्गा हमालले मध्यान्ह दैनिकलाई जानकारी दिए । उनले चापागाईंका नजिकका आफन्तहरूसँग बुझ्दा उनी कसैसँग सम्पर्कमा नरहेको, तर दुबईमा रहेको भन्ने गाइँगुइँ सुनेको हुँदा मध्यान्हमार्फत दुबईमा रहेका नेपाली समक्ष खोजी कार्य गरी सहयोग गर्न याचनासमेत गरे । 'श्रमिकको पैसा लिएर यसरी गुमनाम होलान् भने सोचेका थिएनौं,' हमालले भने ।

करिब १८ महिनादेखि सम्पर्कविहीन चापागाईंसँग संस्थागतरूपमा कुनै सम्बन्ध तथा सम्पर्क पनि नभएको बताउँदै समाजले चापागाईंबाट सावधान रहन देश तथा विदेशमा रहेका सबैलाई अनुरोध समेत गरेको छ । 'आपसी सहयोग, सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिबद्धता' भन्ने नारा लिएर सन् २०१८ मा समाजको स्थापना गरिएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise