२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

बृहत् स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

ADV
मध्यान्ह
२०८१ असोज ५ गते २१:०३
बृहत् स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं : लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आइ नेपाल बाग्मती एरियाद्वारा नेपालमै पहिलो पटक एउटै छातामुनी बृहत् स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आइ बागमती एरियाको ४२ वटा क्लबहरुको समन्वयमा धुम्वाराहीस्थित शंखपार्कमा मेघा हेल्थ चेक अफ र ब्लड डोनेसन कार्यक्रम भएको हो । कार्यक्रमको आयोजक एल् सी के टेम्पल गणेश रहेको थियो । 

पैसाको अभावमा कसैको पनि ज्यान नजाओस्, स्वास्थ्य उपचारमा वञ्चित नहोस् भन्ने हेतुले यो कार्यक्रम गरिएको एल् सी के टेम्पल गणेशका अध्यक्ष सुमना खरेल शर्माले बताए । 

कार्यक्रममा डिष्ट्रिक ३२५ आइ नेपालका डिष्ट्रिक गर्भनर लायन विनोद ढुंगाना, एल् सी के बालकुमारी सांग्लाका सल्लाकार तथा वरिष्ठ पत्रकार लायन राजन थापा, हास्य कलाकार गोपाल ढकाल (छन्द्रे), ॐ समाज डेन्टलका डा.सुवास घिमिरे लगायतको उपस्थिति रहेको थियो । 

बृहत्त स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ६ वटा संस्थाहरु ग्राण्ड इन्टरनेशनल अस्पताल, ॐ समाज डेन्टल अस्पताल, शिवपुरी फार्मेसी, इशान अस्पताल, किर्तिपुर आँखा अस्पताल, स्तुपा अस्पतालले क्रमश ब्लड डोनेसन, दन्त उपचार सेवा, ब्लड प्रेसर र सुगर जाँच, इएनटी सेवा, आँखा जाँच, तथा नसा सम्बन्धी उपचारको सेवा दिइएको थियो । स्वास्थ्य शिविरमा  ब्लड सुगर ४ सय ३६, दाँतको सेवा ६ सय ३५, आँखा जाँच ७ सय २१, नसा ५ सय २० महिला स्वास्थ्य जाँच ८ सय ६२, बच्चाको जाँच ४ सय २२, नाक, कान, घाटी ९ सय ५, अर्थोपेटीकको ८ सय ४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

त्यस्तै १ सय ८ जना मानिसलाई बचाउन पुग्ने गरी रगत संकलन गरिएको थियो । सो स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा विशेष सहयोग पुर्‍याउने ६ वटा अस्पताललाई सम्मान पत्र दिइएको थियो । टपटेन खबरका सम्पादक पत्रकार नन्दलाल खरेल र नागरिक विकास डटकमका सञ्चालक दिनेश लामिछानेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise