२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

दशैं नजिकिएपछि धमाधम सडक मर्मत !

ADV
शिव विक
२०८१ असोज ६ गते ०६:४५
दशैं नजिकिएपछि धमाधम सडक मर्मत !

काठमाडौं : चाडपर्व नजिकिएसँगै देशका बिभिन्न क्षेत्रमा सडक मर्मतका कार्यले तीव्रता पाएको छ । आफन्त भेटघाटका लागि आफ्नो थकथलो पुग्ने र त्यसक्रममा हुने सवारी आवागमन लगायतलाई समेत ख्याल गरेर मर्मत सम्भारका कार्य गरिएका हुन् । 

सरकार पनि यस्तो बेला सडकमा देखिने दुरावस्थाले जनतामा निराशा बढ्न सक्ने भनेर सतर्क भएको छ । चाडपर्व लक्षित गरी सडक मर्मत र अग्रिम टिकट बुकिङबारे सरोकारवालबीच छलफल समेत भएको छ ।

सरकार र यातायात व्यवसायीबीच भएको छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ । घटस्थापना १७ गते परेको छ ।

छलफलमा यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट बुकिङ तत्काल खुलाउने सहमति पनि भएको छ । तर भाडा समायोजन भने छठपछि मात्रै गर्ने सहमति भएको छ ।

यसका साथै यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थल तर्फ जाने गरी व्यवस्था गर्ने, यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरूको सम्बोधन गर्न विभागलाई निर्देशन दिने निर्णय भएको छ । यातायात व्यवस्थासँग सम्बन्धित अदालतबाट भएका आदेश/फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयारी गरी पेस गर्ने निर्णय पनि भएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, सहसचिव कृष्णराज पन्थ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सिटौला, महासचिव डेकनाथ गौतमलगायत सडक विभाग र यातायात व्यवस्था विभागका कर्मचारीको सहभागिता रहेको थियो ।

सरोकारवालाहरूसँगको छलफलपपछि सरकारले चाडपर्व नजिकिएसँगै देशका बिभिन्न क्षेत्रमा सडक मर्मतका कार्यले तिव्रता दिने नीति लिएको छ । आफन्त भेटघाटका लागि आफ्नो थकथलो पुग्ने र त्यसक्रममा हुने सवारी आवागमन लगायतलाई समेत ख्याल गरेर मर्मत सम्भारका कार्य गरिएका हुन् । स्थानीय तहले पनि स्थानीय सडक मर्मतमा चासो देखाएका छन् । स्थानीय तहको सक्रियताले समेत सडक मर्मत र सम्भार भइराखेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise