२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि नेपाल पुलिसलाई 

ADV
मध्यान्ह
२०८१ असोज ६ गते ११:३२
काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि नेपाल पुलिसलाई 

काठमाडौं : नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले पहिलो संस्करणमै उपाधि जितेको हो ।

पुलिस क्लबले पहिलो सेट २५–१६ अंकले जितेको थियो । दोस्रो सेट पनि २५–२२ अंकले जितेको थियो । तेस्रो सेटमा २५–२३ अंकको जित निकाल्दै पुलिस क्लबले उपाधि हात पारेको हो ।

६ टोली सहभागी प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो । लिग चरणमा पाँचवटै खेल जितेर शीर्ष स्थानमा रहेको पुलिसले फाइनल समेत जितेको हो ।

पुलिसले लिग चरणमा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० ले पराजित गरेको थियो भने माल्दिभ्सको वाम्को क्लबलाई ३-२ ले तथा माल्दिभ्सको माल्दिभ्स लिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका र  ताजकिस्तानका समान १ तथा माल्दिभ्सको २ गरी कूल ६ टोलीको सहभागिता थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise