२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

विश्वकप लिग-२ मा नेपालले आज क्यानडासँग खेल्दै

ADV
मध्यान्ह
२०८१ असोज ६ गते १२:०१
विश्वकप लिग-२ मा नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौं : आईसीसी विश्वकप लिग-२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि शुरु हुनेछ ।

नेपाल यस सिरिजको पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हारेको थियो । लिग-२ मा नेपालले अहिलेसम्म ५ खेलमा हार भोगेको छ, जसका कारण अंक तालिकामा नेपाल सातौं स्थानमा रहेको छ । नेपाल ६ खेलमा एक जितसहित २ अंक जोडेको छ ।

क्यानडा १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । यो सिरिज असोज १० गतेसम्म हुने छ। सिरिजमा नेपालले अन्तिम तथा चौथो खेल असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।

यो एकदिवसीय सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ । यो सिरिज सकेर नेपाल लिग-२ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज हुनेछ भने उक्त सिरिजपछि सोही टोलीहरुबी टी-२० आई सिरिज हुनेछ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise