२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

ADV
मध्यान्ह
२०८१ असोज ६ गते १२:४०
सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

चितवन : क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालले दुई वटा फार्मेसी र डेन्टल सेवा थप गर्न लागेको हो ।

बिरामीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्न लागिएको कार्यकारी निर्देशक डा.शिवजी पौडेलले जानकारी दिए । हाल अस्पतालमा दुई वटा फार्मेसी सञ्चालनमा छन् । ती फार्मेसीमा बिरामी चाप अत्यधिक भएपछि थप गर्न लागिएको उनको भनाइ छ । अस्पतालमा डेन्टल क्यान्सर भएका बिरामीलाई उपचार दिन डेन्टल सेवा सञ्चालनको काम अगाडि बढेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

अस्पतालका उपनिर्देशक डा.उमेश नेपालले अस्पतालमा थन्किएर रहेको सिटी स्क्यान मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको र हाल इन्टरभेन्सन रेडियोलोजी सेवा समेत सुरु बताए । महिलाको स्तन क्यान्सर पहिचान गर्ने मेमो ग्राम उपकरण सञ्चालनमा ल्याउन जडानको काम भइरहेको उनले जानकारी दिए । “बोनम्यारो ट्रान्सप्लान्टका लागि काम अघि बढेको छ ।

अस्पतालले पेटस्क्यान र साइक्लोटोन खरिदको प्रक्रिया अघि बढाएको छ । सिटी एमआरआईलगायतका लागि पालो कुर्नुपर्ने अवस्था करिब अन्त्य भएको छ । अस्पतालका सेवा विस्तार र व्यवस्थापनका काम निरन्तर अगाडि बढाइरहेका छौँ”, उनले भने। अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले सोहीअनुसार आफूहरूले योजना बनाइरहेको सुनाए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise