२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

निवर्तमान एआईजी ज्ञवालीसहित ५ अधिकृतले फिर्ता लिए सर्वोच्चमा दायर गरेको निवेदन

ADV
मध्यान्ह
२०८१ असोज ६ गते १३:१४
निवर्तमान एआईजी ज्ञवालीसहित ५ अधिकृतले फिर्ता लिए सर्वोच्चमा दायर गरेको निवेदन

काठमाडौँ : नेपाल प्रहरीका निवर्तमान एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना अधिकृतले सर्वोच्चमा दायर गरेको निवेदन फिर्ता लिएका छन् । 

उमेर हदका कारण अवकाश रोक्न माग गरेर ज्ञवालीसहित डीआईजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । 

सर्वोच्च अदालतले उमेर हद्दका कारण अवकाश नगर्न अन्तरिम आदेश नदिएपछि उच्च अधिकृतहरू पछि हटेका छन् प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ । उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेका थिए ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेर हद पुरा गरेर भदौ २५ मा अवकाशमा गएका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise