२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

एसिया सिनियर कराते च्याम्पियनसिपमा एरिकालाई ऐतिहासिक रजत पदक

ADV
मध्यान्ह
२०८१ असोज ६ गते १५:५२
एसिया सिनियर कराते च्याम्पियनसिपमा एरिकालाई ऐतिहासिक रजत पदक

काठमाडौं : २०औं एसिया सिनियर कराते च्याम्पियनसिपमा फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग पराजित हुँदै नेपालकी एरिका गुरुङ रजत पदकमा सीमित भएकी छिन् ।

चीनको हाङ्जाउमा च्याम्पियनसिपको ६८ केजीमाथि तौल समूहमा एरिकाले प्रतिस्पर्धा गरेकी थिइन् । उनलाई फाइनलमा भियतनामकी नुयेनले ६–० ले पराजित गरिन् । 

एसियन सिनियर च्याम्पियनसिपमा नेपालले पहिलोपटक कुनै पदक जितेको हो ।

एरिकाले प्रि क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरियन्ने ब्रिटोलाई ४–० ले पराजित गरेकी थिइन् भने क्वाटरफाइनलमा सोफिया बेरुल्टसेभालाई पाखा लगाएकी थिइन् । एरिका १९औं एसियन गेम्समा उनैसँग पराजित भएकी थिइन् । 

उनले सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० ले हराउँदै फाइनलमा स्थान बनाउँदै फाइनल पुगेकी थिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise