२०८१ असोज ६ गते आइतवार / Sep 22 , 2024 , Sunday
२०८१ असोज ६ गते आइतवार

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

ADV
मध्यान्ह
२०८१ असोज ६ गते १७:४०
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं : सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका हुन् ।

गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए

पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

गितेन्द्रबावु (जीवी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् । सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जीवी राई सहित कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानूनअनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

 

ADVADV

सम्बन्धित खबर

Advertise