२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

‘विश्वमा शान्ति अपरिहार्य छ’

ADV
मध्यान्ह
२०८१ असोज ६ गते २१:२४
‘विश्वमा शान्ति अपरिहार्य छ’

काठमाडौं : ‘अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४’ को अवसरमा काठमाडौंको कपनस्थित श्याल्पा गुम्बामा युनिभर्सल पीस स्याङ्कचुरीको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा विश्व शान्ति र एकताको प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा  स्याङ्कचुरीका सदस्य सुनिल शक्यले कार्यक्रमको महत्व र युनिभर्सल पीस स्याङ्कचुरीको मिशनलाई स्पष्ट पारेका थिए । 

कार्यक्रमका अध्यक्ष श्याल्पा तेन्जिन रिन्पोचेले प्रेम र करुणाको जगमा शान्ति स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । 

शान्तिको माध्यमबाट मात्र विश्वमा दिगो समाधानको खोजी गर्न सकिने उनको भनाइ थियो । 

विश्वमा नै लुम्बिनी एक मात्र शान्तिको गन्तव्य  बनाउन विश्व शान्ति धाम अर्थात् युनिभर्सल पिस सन्क्चुरी निर्माणमा आफु लागि परेको पनि उनले बताए । कार्यक्रममा   लुम्बिनीमा निर्माणाधीन युनिभर्सल पीस स्याङ्चुरीको प्रगतिको विवरणबारे जानकारी दिनुका साथै यस महत्वपूर्ण परियोजनामा सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई पनि धन्यवाद व्यक्त गरेका थिए । 

कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर, विभिन्न देशका राजदूतहरू, कूटनीतिज्ञहरू, समाजसेवीहरू र युनिभर्सल पिस स्याङ्चुरीका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । 

भगवान बुद्धकी आमा मायादेवीको जीवन र निस्वार्थ मायाको योगदानबारे विशेष चित्रण गरिएको मायादेवी  साङ्गीतिक नाटक पनि प्रस्तुत गरिएका थियो । यस अवसरमा नेपालका परम्परागत सांस्कृतिक र संगीतका आकर्षक धुनले आतिथ्यलाई थप सत्कार गरिएको थियो । शान्ति,करुणा र मानवीय समझदारीको माध्यमबाट मात्र युद्ध र द्वन्द्वको विकल्प खोज गर्न सकिन्छ र यहि युनिभर्सल पीस स्याङ्कचुरीको मुख्य उद्देश्य रहेको पनि योजनाका मुख्य अगुवा श्याल्पा तेन्जिन रिन्पोछेले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise