२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

प्रहरीको हिरासत तोडेर ९ जना थुनुवा फरार

ADV
मध्यान्ह
२०८१ असोज ७ गते १०:३२
प्रहरीको हिरासत तोडेर ९ जना थुनुवा फरार

महेन्द्रनगर : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये आज बिहान नौ जना थुनुवा फरार भएका हुन् । 

फरार  मध्ये एक जनालाई  पक्राउ गरेको उनले जानकारी दिए ।  फरार सबै थुनुवा लागुऔषध र चोरी मुद्दाका अभियुक्त रहेका बताइएको छ । 

थुनुवाले रड काट्न प्रयोग हुने  ‘ह्याक्सो ब्लेड’को प्रयोग गरी भेन्टिलेशन काटेर  फरार भएका र ह्याक्सो ब्लेड उनीहरुको पहुँचमा कसरी पुग्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता अवालेले बताए । 

यसैबीच,प्रहरीले फरार अभियुक्तको नाम सार्वजनिक गरेको छ । प्रवक्ता अवालेका अनुसार फरार हुनेमा अमितकुमार झा, रञ्जित मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागुऔषध मुद्दाका थुनुवा हुन् भने सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise