२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

पोखरामा रास्वपाको विरोध प्रदर्शन

ADV
मध्यान्ह
२०८१ असोज ७ गते ११:५३
पोखरामा रास्वपाको विरोध प्रदर्शन

काठमाडौँ : पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता-कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका छन् । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै उनीहरूले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका हुन् ।

पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरू भेला भएर प्रदर्शन गरिरहेका छन् । लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको उनीहरूको आरोप छ ।

प्रदर्शनमा सहभागीहरूले ‘सरकारको षड्यन्त्रविरुद्ध भण्डाफोर गरौं, सहकारी पीडितलाई न्याय देऊ’ जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका छन् । सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो ।

समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जीवी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise